Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

मध्यपूर्व युद्धका कारण नेपालमा हुने विश्वकप लिग-२ का खेल स्थगित


काठमाडौं । मध्यपूर्वमा बढ्दो अशान्तिको कारण नेपाल, यूएई र ओमानबीच हुने भनिएको क्रिकेट विश्वकप लिग-२ का खेल अनिश्चितकालका लागि स्थगित भएका छन् ।

बुधबार सूचना जारी गर्दै काठमाडौंमा मार्च १० अर्थात् १० दिनपछि सुरु हुने भनिएको प्रतियोगिता रद्द भएको जानकारी दिएको छ।

अर्को सूचना नभएसम्म यी खेलहरू स्थगन गरिएको हो । आगामी दिनमा थप परामर्शपछि नयाँ मिति सार्वजनिक गरिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया


ताजा अपडेट