Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

झापा–५ मा ४५ प्रतिशत मतदान


काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा मध्यान्हसम्म ४५ प्रतिशत मतदान भएको छ। मतदान अधिकृतका अनुसार दिउँसो १२ बजेसम्म उक्त अनुपातमा मत खसेको हो।

यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन्। तीमध्ये ८१ हजार ८१ जना पुरुष, ८२ हजार २९६ जना महिला र दुई जना अन्य मतदाता छन्।

निर्वाचनका लागि क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र तोकिएका छन्।

क्षेत्र नम्बर–५ अन्तर्गत कमल गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्म पर्छन्, जहाँ ४० हजार ७८६ मतदाता छन्। त्यस्तै गौरादह नगरपालिकाका वडा नम्बर १ देखि ८ सम्ममा ४१ हजार ४७५ मतदाता रहेका छन्।

गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ मा १५ हजार १२१ मतदाता छन् भने दमक नगरपालिकाका वडा नम्बर १ देखि १० सम्ममा ६५ हजार ९९७ मतदाता रहेका छन्।

यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट