प्रतिनिधिसभा निर्वाचन : मतदानको निर्धारित समय सकियो
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको हो ।
यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने जनाइएको छ ।
केही स्थानमा सामान्य विवादका घटना भए पनि अधिकांश क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
मतदान कति प्रतिशत भयो भन्नेबारे विवरण संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही बेरमा पत्रकार सम्मेलन गरेर मतदानको विवरण सार्वजनिक गर्ने आयोगको तयारी छ ।
क्याटेगोरी :
समाचार


















प्रतिक्रिया