Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० वटै क्षेत्रमा जित हात पारेको छ ।

रास्वपाका तर्फबाट काठमाडौं १ मा रन्जु न्यौपाने विजयी भएकी छिन् । काठमाडौं २ को नतिजा आइनसकेको भएतापनि रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।

त्यस्तै, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल र काठमाडौं १० मा प्रदीप विष्ट विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट