बर्दिया १ बाट रास्वपाका ठाकुरसिंह थारु निर्वाचित
काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९ सय ८८ मतअन्तरले हराए ।
ठाकुरसिंहले ४९ हजार ६ सय ३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६ सय ४३ मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले १२ हजार ७ सय २२ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु प्रसाद चौधरीले ९ हजार २ सय ८५ मत पाएका छन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालका अब्दुल खानले ५ हजार ७ सय २४ र राप्रपाका विरबहादुर कामीले १ हजार ३ सय ४४ मत पाएका छन् ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया