३७ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज ३७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ७ सय रुपैयाँले घटेको सुनको मुल्य आज ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ


















प्रतिक्रिया