Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

३८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज ३८ सय रुपौयँले बढेको छ । आज छापाावाला सुनको मुल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट