निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।
अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया