२ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ सय १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया