Techie IT
Samayabaddha
बुधबार, २७ फागुन, २०८२

सुनसरीको धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी


काठमाडौं । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जनाइएको छ । तीनवटा बसमा आंशिक क्षति भएको छ ।

को. १ ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र। १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा। ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।

को। १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।

आगलागीको कारण अनुसन्धान भइरहेको छ । उनका अनुसार को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट