Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्दै स्नो रिभर्स


काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको वडा नं। ८ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं। १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं। ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं। ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं। १ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २३ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ८ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट