२ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य आज २ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया