Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

सरकारद्वारा मध्यपूर्वी देशमा कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित


काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धका कारण नागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ ।

युद्धबाट प्रभावित हुने निश्चित देशहरूका लागि सरकारले कामदार पठाउन रोक लगाएको हो । यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अबदेखि ती देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण समेत रोकिएको हो ।

यूएई, कतार लगायत देशमा रहेका नेपाली दूतावासले सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण सम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म अस्थायी रूपमा स्थगन गरिएको जनाएका छन् ।

त्यसका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोकत्वमा रहेको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ९ईआरटी० को २० फागुनमा बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो ।

सोही आधारमा परराष्ट्र मन्त्रालयको पत्राचारपछि मध्यपूर्वी देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण स्थगन गरेका हुन् ।

इरानले यूएई, कतार, ओमान, बहराइन, इजरायल लगायत देशमा रहेका अमेरिकी बेसक्याम्पहरूमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएका छन् । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चिन्ता बढ्दो छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट