Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

बैंकहरूको कर्जाको ब्याज साढे एक प्रतिशत बिन्दु घट्यो


काठमाडौं । चालु आर्थिक वर्षको माघमा बैंकहरूको औसत कर्जाको ब्याजदर ७ प्रतिशतमा झरेको छ । गत आव माघमा ८.५५ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर चालु आव सोही अवधिमा ७ प्रतिशतमा झरेको हो ।

माघमा बैंकहरूको आधार दर नै घटेको हुनाले कर्जाको ब्याजदर घटेको हो । वित्तीय क्षेत्रमा बढेको अधिक तरलता कर्जाको न्यून मागको असर ब्याजदरमा देखिएको छ ।

२०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७ प्रतिशत, विकास बैंक ८.३० र वित्त कम्पनीको ९.५६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंक ९.९० र वित्त कम्पनीको १०.८८ प्रतिशत थियो ।

गत माघमा बैंकहरूको औसत आधार ब्याजदर ५.१२ प्रतिशत कायम भएको छ । पुसमा आधार दर ५.२९ प्रतिशत थियो ।

त्यसैगरी विकास बैंकको औसत आधार ब्याजदर ७.१९ प्रतिशत र वित्त कम्पनीको ७.८९ प्रतिशत छ । २०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६, विकास बैंक ८.५२ र वित्त कम्पनीकोे ९.३९ प्रतिशत थियो ।

माघ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१, विकास बैंक ३.९७ र वित्त कम्पनीको ५.०१ प्रतिशत छ । गत वर्ष माघमा क्रमश: ४.६२, ५.४१ र ६.४७ प्रतिशत थियो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट