Techie IT
Samayabaddha
शुक्रबार, २९ फागुन, २०८२

रास्वपाका उपसभापति डा. वाग्लेको निर्वाचन खर्च २६ लाख ९० हजार


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ-१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

डा. वाग्लेले विहीबार जिल्ला निर्वाचन कार्यालय तनहुँमा चुनावी खर्च विवरण बुझाएका हुन्। तनहुँ-१ मा चुनाव लडेका वाग्लेले कुल २६ लाख ९० हजार ७ सय ५४ रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।

वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा बढी रकम प्रचारप्रसार सामग्री र सवारी साधनमा खर्च भएको छ। जसमा मनोनयन दर्ता गर्न १० हजार, मतदाता नामावली खरिद गर्न ३ हजार, प्रचार प्रसार सामग्री तथा खरिद र प्रिन्टमा ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च गरेका छन् ।

निर्वाचनमा विद्युतीय प्रचार प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च गरेका छन् । वाग्लेले ४२ वटामा कार्यालय सञ्चालन गर्न ४ लाख २० हजार, ६९ मतदान केन्द्रमा बुथ परिचालन गर्न ३ लाख १९ हजार ३००, १५ दिनका लागि सवारी तथा इन्धनमा ४ लाख ५० हजार खर्च गरेका छन् ।

यस्तै खाना, खाजा र अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ र विविध शिर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च गरेका छन् ।

खर्चको शीर्षकवार विवरण:
प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्ट: रु. ६,५०,२९८/
सवारी साधन तथा इन्धन खर्च (१५ दिन): रु. ४,५०,०००/-
कार्यालय सञ्चालन खर्च (४२ वडा): रु. ४,२०,०००/-
खाना, खाजा तथा अस्थायी बसोबास: रु. ३,४८,९००/-
विद्युतीय प्रचारप्रसार: रु. ३,४८,४६४/-
बुथ प्रतिनिधि परिचालन (६९ मतदान केन्द्र): रु. ३,१९,३००/-
विविध खर्च: रु. १,४०,७९२/-
मनोनयन दर्ता: रु. १०,०००/-
मतदाता नामावली खरिद: रु. ३,०००/-

 


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट