Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?


काठमाडौं । ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सन नेपाल लाइफ इन्स्योरन्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट रहेको छ ।

नेपसेमा सन नेपाल लाइफको २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको ११ लाख ज्ञ७ हजार ९२.२७ कित्ता र स्वावलम्बन लघुवित्तको ९ लाख ३३ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यसैगरी छिमेक लघुवित्तको ४० लाख १९ हजार १८२.३४ कित्ता, सिक्लेस जलविद्युतका १२ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टका २४ लाख ८७ हजार ७५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यो सबै बोनस शेयर ती कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेका हुन्। अघिल्लो वर्ष सन नेपाल लाइफले ५ प्रतिशत, स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत, स्वावलम्बन लघुवित्तले ५.६३.६५ प्रतिशत, छिमेक लघुवित्तले १२.५ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत र सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट