Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु


काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।

रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको हो ।

फेब्रुअरी १२ तारिखमा ९ठीक एक महिनाअघि० भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको जनाइएको छ ।

बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट