Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले चैत १२ गतेसम्म आवेदन दिने म्याद थप गरेपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात निष्काशन बन्द गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं। ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट