राप्रपाले टुङ्गो लगायो चार जना समानुपातिक सांसदको नाम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लागेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले पाएको चार सिटका लागि समानुपातिकतर्फको नाम टुंगो लगाएको हो ।
यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू
१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुश्बु ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ
राप्रपाले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया