Techie IT
Samayabaddha
शुक्रबार, १३ चैत्र, २०८२

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाह (बालेन_ लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो। रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो। शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा शाहले शितल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ।

बालेनले आजै मन्त्रिमण्डल गठन गर्दैछन्। पार्टी सभापति लामिछानेले यसअघि नै सार्वजनिकरुपमा अर्थमन्त्रीमा उपसभापति डा। स्वर्णिम वाग्लेको नाम प्रस्ताव गरिसकेका छन्। शपथ ग्रहणपछि प्रधानमन्त्रीको सिंहदरबारमा पदबहाली करिब २:१५ बजे हुने व्यवस्था मिलाइएको छ। पार्टीले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट