Techie IT
Samayabaddha
बुधबार, १३ साउन, २०८३

निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि मानबहादुर कार्कीको सुनुवाइ सुरु


काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगका प्रमुखका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ सुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची रहेको छ । सोही अनुसार बैठकको सुरुमा उजुरीकर्तासँग छलफल सुरु गरिएको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले ९ओखलढुंगा० र डा। राजीव सुब्बा ९काठमाडौं०को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट