Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

नेप्से परिसूचक ३९ अंकले बढ्यो


काठमाडौं, १२ मङ्सिर । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो ।

आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विशाल बजार कम्पनी, कर्णाली विकास बैङ्क, कर्पोरेट डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैङ्क र मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव २७ र विकास बैङ्क समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट