Techie IT
Samayabaddha
मंगलबार, १३ असोज, २०८३

सुनको मूल्य तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्यो


काठमाडौं, २ फागुन । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ।

आज प्रतितोला ४०० रुपैयाँले बढेको नेपाली सुनसाँची व्यवसायी महासंघले जनाएको छ। बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो। चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट