Techie IT
Samayabaddha
शनिबार, १० असोज, २०८३

सुनको भाउ चौध सय रुपैयाँले घट्यो


काठमाडौं, १५ वैशाख । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सुन आज १४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो।

आइतबार एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० पुगेको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट