Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य प्रतितोला आज ५ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ कायम महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २४५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोलामा ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट