११ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ११ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कायम भएको कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले घटेर ३ लाख १७ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला २ सय ७५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँले कायम भएको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया