Techie IT
Samayabaddha
सोमबार, २ चैत्र, २०८२

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट