Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

सर्वोत्कृष्ट आधुनिक गायक अवार्ड थापाको पोल्टामा


नयाँ पुस्ताका चर्चित गायक सौगातजंग थापाले यस वर्षको ‘सर्वोत्कृष्ट आधुनिक गायक अवार्ड’ हाता पारेका छन् । ‘पावर इन्टरनेशनल मिडिया नेपाल’ (पिम नेपाल)ले शनिवार काठमाडौंको धुम्हवराहीस्थित होटल स्मार्ट दरवारमा आयोजना गरेको ‘आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०८१’ मा उनलाई ‘तिमी आदत बन्यौं…’ बोलको आधुनिक गीतबाट सो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, निर्णायक मण्डलका संयोजक वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ, आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेललगायतले गायक थापालाई आ–आफ्नो हस्ताक्षरसहितको प्रमाणपत्र र अवार्ड हस्तान्तरण गरेका छन् ।

त्यसो त थापालाई यसअघि पनि विभिन्न संस्थाले पुरस्कार र अवार्ड सहित सम्मान गरिसकेका छन् । ‘एपिक नेपाल म्युजिक अवार्ड–२०७९’ (सर्वोत्कृष्ट गायक, जुनीजुनी बोलको गीतबाट), ‘सगरमाथा म्युजिक अवार्ड–२०७९’ (नवप्रतिभा गायन, हाम्रो माया जाल बोलको गीतबाट), ‘ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड–२०८१’ (बेस्ट डु एट सिंगर, माया बराबरी बोलको गीतबाट), ‘जिनियस कला सम्मान–२०८१’ आदि उनले पाइसकेका हुन् ।

‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपाल’, ‘संगीत रोयल्टी संकलन समाज, नेपाल’ र ‘प्रस्तोता समाज, नेपाल’को सदस्य थापाका ‘नओइलिने फूल हो माया…’, ‘जुनीजुनी…’, ‘मैले गर्ने माया…’, ‘हाम्रो मायाजाल…’, ‘माया बराबरी…’, ‘तिमी याद त बन्यौ मेरो…’, ‘तिम्रै बन्नु छ…’, ‘तिम्रो मिठो मुस्कान…’, ‘सुन न ए माया…’, ‘कुरै कुरामा…’, ‘दिलको छेउकुनामा…’ ‘वाचा तोड्दिन म…’, ‘सय वर्ष…’, ‘तिमीविना…’, ‘जन्मदिनको शुभकामना…’, ‘पैसा…’ लगायत गीत तथा ‘बाँचेकै छ भनिदिनु…’ (म्युजिक भिडियो) चर्चित छन् । कला–मनोरञ्जनको अन्य विधामा पनि उनी उत्तिकै सशक्त मानिन्छन् ।

 


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट