Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको मृत्यु


सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको मृत्यु भएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको मृत्यु भएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका गभर्नर मिनावीले बताए । उनले हिजो भएको आक्रमण पूर्ण आपराधिक कार्य भएको भन्दै स्वतन्त्र छानविनको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय सङ्गठनहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउन आग्रह गरेका खबरमा उल्लेख छ ।

आरएसएफले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । गएको वर्षको अप्रिलदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच द्वन्द्व भइरहेको छ । पछिल्लो द्धन्दमा मात्रै २७ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । १४ लाख जना मानिस विस्थापित भएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट