Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

बहिनी र छोरीकासाथ पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा


स्याङ्जा, १३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन्। उनी आफ्नी बहिनी र छोरीकासाथ सोमबार स्याङ्जा आएका हुन्। सोमबार उनीहरू वालिङ्मा बसेका हुन्।

कालीगण्डकी गाउँपालिका ३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ। मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ।

वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट