Techie IT
Samayabaddha
मंगलबार, २ असार, २०८३

काठमाडौंको पाकिस्तानी दूतावास अगाडि आतंकवादविरुद्ध प्रदर्शन


काठमाडौँ, २६ वैशाख । आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ।

शुक्रवार मध्याह्न काठमाडौँस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले पाकिस्तान : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन्।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौँथित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो।

 


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट