Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (अन्स्मिल)’ मा तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ।

त्यहाँ तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म ‘एसजीयू (स्पेसल गार्ड युनिट)’ शान्ति सेना छैठौं डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा यूएन चार्टड फ्लाइटमार्फत यही जेठ ५ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।

यस्तै, उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिंह भण्डारीको नेतृत्वमा आज स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट