Techie IT
Samayabaddha
सोमबार, २९ मंसीर, २०८२

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै


काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्।

उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं आउन लागेका मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन्। उनी भोलि मङ्गलवार स्वदेश फर्किने कार्यतालिका छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट