Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

डेंगु संक्रमणबाट चितवनमा एक जनाको मृत्यु


चितवन। डेंगु संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले दिएको जनाकारी अनुसार उच्च ज्वरो आएर शुक्रबार कलेजमा भर्ना भएको ति पुरुषको मृत्यु भएको हो।

चालु आर्थिक बर्षको भदौं दोस्रो सातासम्म चितवनका विभिन्न अस्पतालमा विभिन्न जिल्लाका ७२७ जना संक्रमितले उपचार गराएका छन् ।

३ हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमित मध्ये ५३२ जना चितवनका र बाँकी अन्य जिल्लाका रहेका छन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट