Techie IT
Samayabaddha
शनिबार, २० भदौ, २०८३

ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सुलेमानलाई सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा १५ देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको जानकारीमा आएको र यस विषयमा थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

पक्राउ परेका सुलेमानलाई आज जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट