Techie IT
Samayabaddha
आईतबार, २८ भदौ, २०८३

रसुवागढी–केरूङ नाका भोलिदेखि सञ्चालनमा आउने


काठमाडौं । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पुर्‍याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माणको काम सकेर भोलिदेखि गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

नाका सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसायलाई निरन्तरता दिने काममा ल्हासामा रहेको नेपाली वाणिज्य महादूत नवराज ढकालले सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामानको ढुवानी गर्ने गाडी टिमुरे क्षेत्रमै रहेका पाङसिङको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट