Techie IT
Samayabaddha
मंगलबार, १ पुस, २०८२

अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु


अर्घाखाँची । सन्धिखर्क नगरपालिका –११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका–११ को ढुङ्गे देउरालीमा हिजो एच.आर. ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरेका २६ वर्षीय चालक नवीन नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

भारतको दिल्लीमा गाडी चलाउने काम गर्ने नवीन तिहार मनाउन घरमा आएका प्रहरीको भनाइ छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट