Techie IT
Samayabaddha
मंगलबार, १६ असार, २०८३

भारतीय सेना प्रमुख द्विवेदीले भोली प्रधानमन्त्री ओलीलाई भेट्दै


काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले भोली (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । दिउँसो २ बजेपछि प्रधानमन्त्री ओली र द्विवेदीको बिचमा भेटवार्ता तय गरिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

द्विवेदीले शुक्रबार रक्षामन्त्री मानवीर राईसँग पनि भेट्दै छन् । भारतीय सेना प्रमुखले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा भारत र नेपालको आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिनेबारे दुवै सैनिक प्रमुखबिच छलफल भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट