Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

एन्फाले बक्यौता रकम नदिएसम्म ‘बी’ डिभिजन लिग नखेल्ने दस क्लबको घोषणा


काठमाडौँ, ११ मङ्सिर । सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् । क्लबहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एन्फाले पुरानो बक्यौता रकम नदिएसम्म लिग नखेल्ने अडान राखेका हुन् ।

संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्ने क्लबहरुमा अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, टुसाल युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लब रहेका छन् ।

एन्फाले एक साताअघि मात्र माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग गर्ने मिति तय गरेको थियो । एन्फाले लिगका लागि क्लबहरुलाई मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने र पुस १३ गते खेल तालिका प्रकाशन गरिने निर्णय पनि गरेको थियो ।

लिगको नयाँ मिति सार्वजनिक भएसँगै क्लबहरुले असन्तुष्टि जनाउँदै पुरानो बक्यौता माग गरेका हुन् । एन्फामा चुलिएको बिबादका कारण नियमित सञ्चालन हुन नसकेको ‘बी’ डिभिजन लिग पछिल्ले समय २०७८ फागुन देखि चैत महिनासम्म चलेको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट