Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार


काठमाडौं, १२ मंसिर ।सर्वोच्च अदालले विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

गैरकानुनी रूपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरेको हो । इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको प्रसाईंका तर्फबाट बहस गरेका कानुन व्यवसायी कीर्तिनाथ शर्माले जानकारी दिए ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अपुष्ट सन्देश सामाजिक सञ्जालमा प्रवाह गरेपछि उनलाई प्रहरीले ४ मंसिरमा पक्राउ गरेको थियो ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट