Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।

गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।

त्यस्तै भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीहरूसँग रकम माग गरेको आरोपमा पक्राउ परेका प्रसाईंकै सहयोगीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट