Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

ट्रकको ठक्करबाट पोखरामा पैदलयात्रीको मृत्यु


काठमाडौं, १५ मंसिर । ट्रकको ठक्करबाट पोखरामा पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढा रहेकी छिन्।

घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि प्रसाद तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट