Techie IT
Samayabaddha
शनिबार, २ साउन, २०८३

मकवानपुरमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते


हेटौंडा, १९ मंसिर । मकवानपुरमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस बुधबार बिहान बकैया जंगलमा सडकबाट तल खसेर दुर्घटना भएको हो।

घाइतेको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि बसका चालक हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले पक्राउ गरेको छ। चालकका अनुसार बसमा ३७ यात्रु सवार थिए। दुर्घटनाको थप विवरण आउँन बाँकी छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट