Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

काठमाडौंको टुँडिखेलमा एक जना पुरूष मृत फेला


काठमाडौं, १९ मंसिर । काठमाडौंको टुँडिखेलमा एक जना पुरूष मृत फेला परेका छन्।

बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका(२२ टुँडिखेलमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

मृतक मकवानपुर घर हुने ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन्। उनको पहिचान नागरिकताको प्रमाणपत्रबाट खुलेको हो। शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ। उक्त हात मुनि रगत देखिएको एसपी अधिकारीले बताए।

 

प्रहरीले शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट