Techie IT
Samayabaddha
शुक्रबार, ४ वैशाख, २०८३

दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक रहेका बताएका छन्।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देशमार्फत् उहाँले अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी देशसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि शाहका दिव्योपदेश मार्गदर्शक भएको बताएका हुन्।

साथै राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुगेर श्रद्धाञ्जली तथा माल्यार्पणसमेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल एकीकरणको अभियानका नेतृत्वकर्ता शाहप्रति सम्मान प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले शाहसँगै अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन् । पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट