Techie IT
Samayabaddha
शुक्रबार, ४ वैशाख, २०८३

दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु


दैलेख । दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको मृत्यु भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए ।

आज दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसूस भयो भनी भवनमै रहेको निवासमा गएका उनी ओछ्यानमै ढलेको अवस्थामा भेटिएका कर्मचारीहरूले बताएका छन् । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आएका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट