Techie IT
Samayabaddha
मंगलबार, ९ भदौ, २०८३

कतिमा हुँदैछ आज सुनको कारोबार ?


काठमाडौं, १७ माघ । हिजो बढेको सुनको मूल्य आज घटेको छ। चाँदीको मूल्य भने आज बढेको छ।

हिजो तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ घटेको हो। मूल्य घटेर आज सुन तोलाको एक लाख ६० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य आज एक हजार आठसय ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँ थियो।

गएको आइतबार, सोमबार र मंगलबार लगातार सुनचाँदीकै मूल्य घटेको थियो। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट