Techie IT
Samayabaddha
मंगलबार, ९ भदौ, २०८३

जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरूमा शितलहरका कारण जनजीवन प्रभावित


काठमाडौं, १७ कमाघ । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरूमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ।

एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्यधिक चिसो महसुस गरिएको हो। अत्याधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ। दैनिक ज्यालादारी र मजदुरी गर्नेहरू मारमा परेका छन्।

मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ। हुस्सु दिउँसो मात्रै खुल्ने गरेको स्थानीयहरू बताउँछन्। चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या छ। अहिलेको मौसमले बालबालिकाहरूलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ। केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन्। बाक्लो हुस्सुरकुहिरोका कारण जनकपुरमा विमानहरूले उडान भर्न सकेको छैन।

स्थानीयहरू आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन्। जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट