Techie IT
Samayabaddha
सोमबार, १ असार, २०८३

तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प


काठमाडौँ, १७ माघ । तीन दिनदेखि मेची राजमार्गमा यातायात ठप्प छ । पाथीभरा केबलकारको विरोधमा गरिएको यातायात हडतालका कारण उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

यातायात अवरोध भएसँगै यातायात व्यवसायीले यसको विरोध गरेका छन् । बुधबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ इलामले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको तथा २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारी साधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्ने भन्दै ध्यानाकर्षण गरेको हो ।

साथै मजदुर र परिवारको जीवनयापनमा समस्या भएको भन्दै वार्ता र संवादबाट समस्या समाधान गरी तत्काल बन्द खुला गर्न माग गरेको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट