Techie IT
Samayabaddha
बुधबार, २७ जेठ, २०८३

सुनको मूल्य बढ्यो


काठमाडौं, १८ माघ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट